काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच दुई दिन लगातार सरकार र पार्टी सञ्चालनका विषयमा लामो छलफल भएको छ । स्रोतका अनुसार छलफलमा सरकारको कार्यसम्पादन, सुकुमवासी व्यवस्थापन, पार्टीको संगठन विस्तार, जनअसन्तुष्टि, कूटनीतिक सम्बन्ध तथा मन्त्रीहरूको कार्यसम्पादनबारे समीक्षा गरिएको थियो। कार्यसम्पादन कमजोर देखिएका मन्त्रीहरूको विषयमा पनि छलफल भए पनि तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले भने दुई शीर्ष नेताबीच नियमित संवाद भइरहेको र पार्टी तथा सरकार सञ्चालनमा कुनै विवाद वा दूरी नरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्