विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन आधार प्रस्तुत गर्दै पौडेललाई थुनामा राख्न वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले पौडेललाई धरौटी नमाकिकन तारेखमा रिहा गर्ने आदेश भएको जानकारी दिए । अब बाहिर बसेर पौडेलले मुद्दा लड्नेछन् ।
अदालतले बिचाैलिया भनिएका दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार भएको वा त्यसबाट कुनै सम्पत्ति वा लाभ प्राप्त गरेको प्रमाण नदेखिएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्