Skip to content

डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

काठमाडाैँ – डा. गाेविन्द केसी र सरकारबिच सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका हुन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियाे । केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, स्वास्थ्य सेवाको पहुँच तथा सम्बन्धित विषयमा आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै अनशन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्