Skip to content

सिरहाका गणेश यादवको मृत्युसम्बन्धी घटना छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले सिरहाका गणेश यादवको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न एक समिति गठन गरेको छ । गृहमन्त्री सुदन गुरुङ काठमाडौँ फर्किए लगत्तै मन्त्रीस्तरीय निर्णयबाटमन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालले दिएको जानकारी अनुसार उक्त छानबिन समितिको सदस्य सचिवमा अर्याल स्वयं रहेका छन्। समितिका सदस्यहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) तथा विधि विज्ञान प्रयोगशालाका डिएसपी रहेका छन्। समितिले सिरहामा भएको उक्त घटनाको निष्पक्ष अध्ययन गरी सत्यतथ्य प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्