काठमाडौं – राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा. धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् । उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् । दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्