Skip to content

रास्वपाका सांसद मनिष झाले भने – राज्य चलाउन बालेन सरकारको ढंग पुगिरहेको छैन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य प्रणाली सञ्चालनमा ढंग पुर्‍याउनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास मूल मन्त्र राखेर राज्य सञ्चालन गर्दा उपलब्धि हासिल हुने धारणा राखे ।

उनले वालेन्द्र शाह नेतृत्वको सरकारको ढंग नपुगेको हो कि भन्ने आफूलाई लागेको सुनाए । ‘इन्ट्रिगिटीमा कुनै शंका छैन । इन्टेन्सनमा पनि प्रश्न छैन । तर, कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ । त्यो स्वीकार गर्नुपर्छ,’ उनले भने ।

झाले आफूलाई थाहा नभएको कुरा अरुबाट सिक्नुपर्ने बताए । ‘मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ । त्यो कुरा सिक्नुपर्दछ,’ उनले भने ।  त्यस्तै, उनले सरकारको दिगोपनको स्टेक होल्डर नै असुरक्षित भएको बताए । मधेश, प्रवाश र निजीक्षेत्र असुरक्षित हुनु दुर्भाग्य भएको टिप्पणी गरे । ‘मधेशमा हालै आगो बल्यो । जसोतसो निभाउन सक्यौँ । म सरकारलाई यहीँबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभेको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्