Skip to content

एमाले दार्चुलामा एक पछि अर्को नेताले पार्टी छाड्दै, जिल्ला कमिटी सदस्य बम काँग्रेसमा प्रवेश !

दार्चुला – नेकपा (एमाले) दार्चुला जिल्ला कमिटी सदस्य जंगबहादुर बम नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–१ निवासी बमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले खादा ओढाएर कांग्रेसमा स्वागत गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेस दार्चुलाका नेता एव‌ं प्रतिनिधिसभा सदस्य २०८२ का उम्मेदवार धर्मानन्द जोशीको समेत उपस्थिति रहेको थियो । बम कांग्रेसमा प्रवेश गरेसँगै दुहुँ गाउँपालिकासहित आसपासका क्षेत्रमा पार्टीको संगठन थप सुदृढ हुने कांग्रेस नेताहरूले विश्वास व्यक्त गरेका छन् । बमको राजनीतिक अनुभव र स्थानीयस्तरमा रहेको प्रभावले कांग्रेसको संगठन विस्तारमा थप सहयोग पुग्ने उनीहरूको भनाइ छ । बम यसअघि नेकपा (एमाले) बाट स्थानीय तह निर्वाचनमा दुहुँ गाउँपालिका–१ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पराजित भएका थिए । कांग्रेस प्रवेशसँगै बमले आगामी दिनमा नेपाली कांग्रेसको संगठन सुदृढीकरण र जनताका पक्षमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एमाले दार्चुलाका नेताहरु एक पछि अर्को गर्दै पार्टी परित्याग गरिरहेका छन् । यसअघि एमाले दार्चुलाका पुर्वा अध्यक्ष समेत रहेका प्रेमसिंह धामीले एमाले परित्याग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्