काठमाडौं – बुटवल हस्पिटल प्रा.लि.ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरिएको जनाइएको छ । अस्पताल परिवारले विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनुपर्ने सामाजिक दायित्वअनुसार सहयोग गरेको जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्