काठमाडौं – नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सबैलाई केन्द्रीय समितिमा बस्नेगरी आह्वान हुनेछ । केन्द्रीय समितिमा आएर महाधिवेशनको आयोजक समितिकै रुपमा रहनेछ । महाधिवेशनमा सहभागी हुन अपिल गरेको छ । केन्द्रीय समितिमा बस्न चाहनेहरू आउनुहुन्छ । नचाहनेहरू आउनुहुन्न होला ।
कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ । कांग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीलाई मान्यता दिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्