काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । तामाङलाई प्रहरीले मंगलबार सिंहदरबारको गेटबाटै नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अध्यक्ष तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको उनले बताए । प्रधानमन्त्री शाहले मंगलबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग राहत, उद्धार तथा प्रभावित क्षेत्रमा भइरहेको क्षतिबारे छलफल गरेका थिए। तामाङ पनि उक्त छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए । छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले उनलाई गेटमै नियन्त्रणमा लिएको हो ।



प्रतिक्रिया दिनुहोस्