Skip to content

बिहीबार भारत जाँदै अर्थमन्त्री वाग्ले, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडाैँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सितारमणकाे निमन्त्रणमा अर्थमन्त्री वाग्ले बिहीबार भारत भ्रमणमा जान लागेका हुन् । गत भदाै १० गते नेपालमा आएकाे विनाशकारी बाढीपछि याे पहिलाे विदेश भ्रमण हाे । श्रीवास्तवका अनुसार अर्थमन्त्री वाग्लेले अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन्। भारतीय विदेशमन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्