Skip to content

गोकर्णेश्वर नगर एन प्याब्सनको अध्यक्षमा निराजन आचार्य

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गोकर्णेश्वर नगर समितिको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनबाट निराजन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा हरि लामा, सचिवमा झलकमान तामाङ र कोषाध्यक्षमा सिता पाण्डे चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा विश्वास अर्याल, बिक्रम पौडेल, जनक खनाल, रविन श्रेष्ठ र गौरब प्रसाद बडाल चयन भएका छन् । अधिवेशनले गोकर्णेश्वर नगर क्षेत्रका निजी तथा आवासीय विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा विद्यालयबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्