काठमाडौं – सरकारले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यसअघि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक तथा कामू कार्यकारी निर्देशक थिए । सरकारले सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ ल्याएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदमुक्त भएका थिए र सो पद खाली थियो ।



प्रतिक्रिया दिनुहोस्