Skip to content

माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला, खोज तथा उद्धार कार्य जारी

काठमाडाैँ – माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यका क्रममा थप ७ वटा शव फेला परेका छन् । नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअघि ६ वटा शव फेला पारेको थियो । १२:०५ बजेको अपडेटमा उल्लेखित ती शवसहित खोजीका क्रममा थप ७ वटा शव फेला पारी टनेल बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ । टोलीले जोखिमपूर्ण अवस्थाबीच सम्भावित स्थानमा निरन्तर खोजी गर्दै उद्धार कार्यलाई अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्