Skip to content

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री रादोस्लाव सिकोरस्कीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA81) को साइडलाइनमा भएको भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षबारे छलफल भएको हो । भेटमा दुवै पक्षले नेपाल र पोल्यान्डबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा जोड दिएका थिए । त्यस्तै, संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा समेत दुई देशबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्