भक्तपुर – नेसनल प्याब्सन भक्तपुरको अन्तरविद्यालय एकल गायन प्रतियोगिता–२०८३ आरक्षण नेसनल स्कुल, चाँगुनारायण–८ को आयोजनामा सम्पन्न भएको छ । माध्यमिक र आधारभूत तह गरी दुई चरणमा भएको प्रतियोगिताको माध्यमिकतर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, मदरल्याण्ड स्कुलकी रोहिणी बस्नेत द्वितीय, डेमोस स्कुलकी वर्षा जिम्बा तामाङ तृतीय तथा पाथीभरा एकेडेमीका कृस्तफ थापा मगर सान्त्वना भए । आधारभूततर्फ ऋतम्भरा पाठशालाकी नितु तामाङ प्रथम, संस्कार गुरुकुलकी विदुशी ढकाल द्वितीय, मदरल्याण्ड स्कुलका न्यूरोन लोहोला तृतीय तथा नगरकोट सनराइज स्कुलका दिवस नगरकोटी सान्त्वना भए । आरक्षण नेसनल स्कुलकी कार्यकारी निर्देशक शर्मिला खड्काको सभापतित्वमा भएको कार्यक्रममा चाँगुनारायण–८ का अध्यक्ष एवं नगर प्रवक्ता जनक खत्री प्रमुख अतिथि थिए। कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले विजेता विद्यार्थीलाई बधाई दिँदै आयोजक विद्यालयप्रति आभार व्यक्त गरे । कार्यक्रम संयोजक सरोज केसीका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीको गायन प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकास गर्नुका साथै कला तथा संगीतप्रतिको रुचिलाई प्रोत्साहन गर्नु रहेको छ ।
आरक्षण स्कुलको आयोजनामा नेसनल प्याब्सन भक्तपुरको एकल गायन प्रतियोगिता सम्पन्न
सहपाटी



प्रतिक्रिया दिनुहोस्