काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटीमा ७ जनालाई मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेका हुन् । ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, काशीनाथ दवाडी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फेलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको हो। यसको जानकारी आजको केन्द्रीय कमिटी बैठकमा दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्