Skip to content

२५ जिल्लामा भोलि पनि पूर्णरुपमा यातायात बन्द

काठमाडौं – देशका अधिकांश क्षेत्रमा मौसम बदली छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ । ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भइरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्षासँगै बाढी पहिरोको जोखिमका आधारमा ७७ जिल्लालाई तीन भागमा विभाजन गरेको छ । जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ। जसअनुसार २५ जिल्ला रातो अर्थात् धेरै जोखिममा छन् । बाढी पहिरोको उच्च जोखिममा रहेका कारण ती जिल्लाहरूमा सवारी साधन राति र दिउँसो दुवै समयमा पूर्णरुपमा बन्द गर्न प्राधिकरणले सुझाएको छ। त्यस्तै सुन्तला रंगले संकेत गरिएका २९ जिल्लाहरुमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले निर्णय आवश्यक निर्णय लिने भनिएको छ । पहेँलो रङले संकेत गरिएका २३ जिल्लाहरूमा सतर्क रहने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्