काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री तारिणीदत्त चटौत पराजित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस क्षेत्रीय अधिवेशनमा नेता चटौत पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचन लडेका थिए । यो क्लस्टरमा १० जनाका लागि २१ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा कुल खसेको मत ६२५ मतमा यो क्लस्टरमा सर्वाधिक मत प्राप्त गर्ने बहादुरसिंह थापाले ४२० मत ल्याएर विजयी हुँदा १० औं नम्बरमा २६४ मत ल्याएर विष्णुदत्त जोशी निर्वाचित भए । तर, पूर्वमन्त्री चटौतले २४३ मत मात्रै प्राप्त गर्न सके ।



प्रतिक्रिया दिनुहोस्