Skip to content

कांग्रेस महाधिवेशन : दार्चुलाबाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा दीपक खाती र विनोदराज जोशी निर्वाचित

दार्चुला – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलाबाट युवा खुलातर्फ दुई जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचनमा दीपक खातीले सर्वाधिक ५४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । त्यस्तै विनोदराज जोशीले ३०७ मत प्राप्त गर्दै युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । युवा खुलातर्फ एन.पी. जोशी लाइटले २५९, सुरेन्द्रबहादुर बमले २४५, शिवराज जोशीले १६१ र विनोद सिंह रावलले १५१ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार युवा खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गर्ने दीपक खाती र विनोदराज जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्