दार्चुला – नौगाड गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्ना नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि चयनका लागि दार्चुलामा सम्पन्न निर्वाचनबाट ठगुन्ना प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनी खुलाबाट ५५५ भोट सहित नवौँ नम्बर निर्वाचित भएका हुन् । खुलाबाट १० जना निर्वाचित भएका थिए । नौगाड गाउँपालिकाको उपाध्यक्षका रूपमा स्थानीय तहमा सक्रिय ठगुन्ना कांग्रेसको संगठन निर्माण तथा पार्टीका विभिन्न गतिविधिमा समेत निरन्तर सक्रिय रहँदै आएका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि ठगुन्नाले पार्टीलाई थप सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउन आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पार्टीको नीति, विचार र संगठनलाई बलियो बनाउन महाधिवेशनमार्फत रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्