Skip to content

अर्किड प्युपल स्कुलमा कर्मचारीलाई दशैँको टीका, आपसी सद्भाव र एकताको सन्देश

काठमाडौँ – काठमाडौँको गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले आफ्ना कर्मचारीलाई दशैँको टीका र जमरा लगाएर शुभकामना आदानप्रदान गरेको छ । विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले कर्मचारीलाई टीका र जमरा लगाइदिँदै दसैँको शुभकामना व्यक्त गरेका थिए। विद्यालयले आपसी सद्भाव, एकता र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । विद्यालय सञ्चालक प्रेमकुमार भुजेलले यस्ता कार्यक्रमले कर्मचारीबीच आत्मीयता, सहकार्य र अपनत्वको भावना बढाउनुका साथै विद्यालय परिवारलाई एउटै सूत्रमा बाँध्न सहयोग पुग्ने बताए । 

प्रतिक्रिया दिनुहोस्