काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले आक्रामक शतक बनाए । उनी १२५ रनमा नटआउट रहे । उनले १२ छक्का र ८ चौका प्रहार गरे । यस्तै विनोद भण्डारी ३० रनमा अविजित रहे ।
यसअघि सुरुवाती दुई संस्करणको फाइनलमा खेल्दा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपीएलको उपाधि जितेको हो । पहिलो संस्करणमा जनकपुर बोल्ट्सँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग नै फाइनलमा पराजित भएको थियो ।
विजेता बनेसँगै १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले ८० लाख रुपैयाँमा चित्त बुझायो ।



प्रतिक्रिया दिनुहोस्