Skip to content

नेपाल–भारत जोड्ने असिगडा–छारछुम मोटरेबल पुल सोमबार उद्घाटन गरिने

Nepal Bank

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यको धारचुलास्थित छारछुम जोड्ने मोटरेबल पुल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले नोभेम्बर २३ मा पुल उद्घाटन गर्ने तयारी रहेको छ । दुई देशका प्रधानमन्त्रीको संयुक्त उपस्थितिमा उद्घाटन हुने भएपछि पुल क्षेत्रमा आवश्यक व्यवस्थापन, सजावट तथा भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ। 

भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण भएको पुलको शिलान्यास २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गर्नुभएको थियो। भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पञ्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो। 

प्रतिक्रिया दिनुहोस्