काठमाडौँ – ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्