Skip to content

‘काठमाडौं हरर फिल्म फेस्ट’ सुरु, १५ देशका २५ फिल्म देखाइने

काठमाडौं – पश्चिमा मुलुकमा धुमधामपूर्वक मनाइने पर्व हेलोविनको अवसरमा ‘काठमाडौं हरर फिल्म फेस्ट २०२५’ सुरु भएको छ । हेलोवीन हरेक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो । फसल मौसमको अन्त्य र जाडोको सुरुवातको छेकोमा सेलिब्रेसन गरिने यो पर्व मृत्यु र आत्त्मिक संसारसँग सम्बन्धित छ । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीद्वारा आयोजित ३ दिने फेस्टिभल कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा चल्नेछ । एकेडेमीले रुसी दूतावास र केन्द्रको सहकार्यमा फेस्टिभल गरेको जनाएको छ ।

महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको एकेडेमीका उपाध्यक्ष शिव पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्