Skip to content

अपिहिमाल र मार्मा गाउँपालिकाबिच अन्तरपालिका समन्वय बैठक सम्पन्न, पर्यटन–पूर्वाधारदेखि विपद् व्यवस्थापनसम्म सहकार्यको सहमति

दार्चुला — अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा आइतबार अपिहिमाल र मार्मा गाउँपालिकाबिच अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। दुवै स्थानीय तहका प्रमुख–उपप्रमुखसहित जनप्रतिनिधि र शाखा प्रमुखहरूको सक्रिय सहभागितामा बैठक सम्पन्न भएको हो। अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराको अध्यक्षतामा बसेको बैठकमा मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, अपिहिमालकी उपाध्यक्ष देवकी देवी बोहरा, मार्माकी उपाध्यक्ष शर्मिला चन्द सिंह, अपिहिमालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र साउद, मार्माका योजना अधिकृत रमेशचन्द्र अवस्थीसहित अन्य प्रतिनिधिहरू सहभागी थिए।

बैठकले पर्यटन प्रवर्द्धनमा सहकार्य, विटुले–पारीबगर–मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा संयुक्त पहल, चमेलिया नदी स्वच्छता अभियान सञ्चालन, विपद् प्रतिकार्यमा समन्वित तयारी तथा अन्तरपालिकाबीच असल अभ्यास आदानप्रदान गर्ने निर्णय गरेको अध्यक्ष ठेकरेले जानकारी दिए। दुवै गाउँपालिकाले सीमा क्षेत्रका साझा मुद्दाहरूलाई दीर्घकालीन सहकार्यका माध्यमबाट समाधान गर्दै विकास र सेवा प्रवाहलाई बढी प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्