Skip to content

धर्मनिरपेक्षता र संघीयता पुनरावलोकनबारे बहसको नेतृत्व कांग्रेसले लिनुपर्छ : चन्द

कञ्चनपुर – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तेजबहादुर चन्दले अहिले देशको मूल राजनीतिक दिशा निर्धारण गर्ने दुई प्रमुख विषय धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र स्थापना तथा संघीयता पुनरावलोकन/खारेज वा परिमार्जनमा कांग्रेसले अग्रसर भएर राष्ट्रिय बहसको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका छन्। चन्दका अनुसार मुलुकको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक निराशा र प्रशासनिक जटिलताले संघीय संरचना तथा धर्मनिरपेक्षताको प्रश्न फेरि केन्द्रमा आउन थालेको छ। उनले भने, “यी दुई मुद्दा सर्वसाधारण जनतामा गहिरो प्रभाव पारिरहेका छन्। त्यसैले नेपाली कांग्रेसले पहल गरेर खुला बहस, छलफल र सहमति निर्माण गर्न नेतृत्व लिनैपर्छ।”

उनका अनुसार कांग्रेसले ऐतिहासिक भूमिका र मध्यमार्गी नीतिका कारण राष्ट्रिय संवैधानिक विमर्शमा नेतृत्व दिन सक्ने क्षमता राख्दछ। उनले थपे, “देशको दीर्घकालीन स्थिरता, पहिचान, राष्ट्रिय एकता र शासन प्रणालीको प्रभावकारी सञ्चालनका लागि संविधानका विवादित धाराहरू पुनरावलोकन अनिवार्य भइसकेको छ।” चन्दले जनताको चाहना र व्यवहारिक वास्तविकताअनुसार संविधान संशोधनको विषयलाई कांग्रेसले नदौडाई अघि बढाउनुपर्ने धारणा राख्दै पार्टीभित्र पनि अब गम्भीर संवादको समय आएको बताए।

 

प्रतिक्रिया दिनुहोस्