Skip to content

अपिहिमालमा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

दार्चुला — अपिहिमाल गाउँपालिकामा न्यायिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुईदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा तालिम सुरु गरिएको थियो । गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराका अनुसार न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरूलाई अदालती प्रक्रिया, विवाद समाधानका आधारभूत सिद्धान्त र व्यवहारिक मुद्दा व्यवस्थापनका विषयमा प्रशिक्षण दिइयो। तालिममा जिल्ला न्यायाधीश भूवन गिरी नेतृत्वको प्रशिक्षक टोलीले स्थानीयलाई समुदायमै न्याय पुर्‍याउने प्रक्रियागत दक्षता अभिवृद्धि हुनेगरी विभिन्न सत्र सञ्चालन गरेको थियो। सहभागीहरूले गाउँ तहमा विवाद समाधानलाई शीघ्र, सरल र न्यायसंगत बनाउने लक्ष्यसहित सिकाइ उपयोगी रहेको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्