काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन् । अध्यक्ष ओलीको सचिवालयका अनुसार उनीहरूबीच साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको थियो ।
उनीहरूबीच अहिले भेटवार्ता भइरहेको सचिवालय स्रोतले जनाएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच भेटवार्ता भएको थिएन। त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो । माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय छ । समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा उनीहरूबीच भेटवार्तामा कुराकानी हुने बताइएको छ । भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवामाथि आक्रमण भएको थियो। उनी सिंगापुरबाट उपचार गराएर स्वदेश फर्केका थिए ।





प्रतिक्रिया दिनुहोस्