Skip to content

अर्किड आइडल गायन प्रतियोगिता सिजन–११ को सेमिफाइनल राउण्ड पुरा, फाइनलका लागि २५ जना छनोट

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलमा ‘अर्किड आइडल गायन प्रतियोगिता (OISC)–२०८२’ सिजन–११ को सेमिफाइनल राउण्ड पुरा भएको छ । आइतबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमकाबीच ‘अर्किड आइडल गायन प्रतियोगिता (OISC)–२०८२’ सिजन–११ को को सेमीफाइनल राउण्ड पुरा भएको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार ७० जना विद्यार्थीबाट फाइनलका लागि २५ जना छनोट भएका छन् । सेमिफोइनल राउण्डमा पविन्द्र सुनारले जजको भुमिका निर्वाह गरेका थिए । सुनार भोइस अफ नेपालको टप ३ मा पर्न सफल व्यक्ति हुन् ।  आगामी शुक्रबार फाइनल राउण्ड हुने आयोजक अर्किडले जनाएको छ । फाइनलमा प्रवेश गरेका विद्यार्थीका अभिभावकहरुलाई विद्यालयमै बोलाएर अभिभावकहरुको अगाडी नै विद्यार्थीकरुको प्रतिभालाई देखाइने विद्यालयले जनाएको छ ।

विद्यालयका संचालक निर्देशक प्रेमकुमार भुजेलले प्रतियोगिताले विद्यार्थीको प्रतिभा, आत्मविश्वास र कलात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले यसलाई निरन्तरता दिइएको जानकारी दिए । उनका अनुसार विद्यालयले यस भन्दा अगाडी १० सिजन सम्पन्न गरिसकेको छ । अर्किड पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमापनि अग्रणी शैक्षिक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्