Skip to content

धर्मानन्द सिंह मन्यालले दिए केन्द्रीय कमिटी खुल्ला सदस्य पदमा उम्मेदवारी

काठमाडौँ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी खुल्ला सदस्य पदका लागि धर्मानन्द सिंह मन्याल (D.N. Ghajirel) ले उम्मेदवारी घोषणा गरेका छन् । मन्याल २०७४ सालमा एमालेको तर्फबाट दार्चुलाको  अपिहिमाल गाउँपालिका अध्यक्ष  भइसकेका छन् । उनी यसअघि महेन्द्र क्याम्पस, ताहाचलको स्ववियु सभापति भइसकेका व्यक्ति हुन् । उनले पार्टीका विभिन्न जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य” भन्ने मूल नारासहित उनले पार्टीभित्र संगठन सुदृढीकरण, समावेशी नेतृत्व र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनसँगै पार्टीको भावी दिशा तय हुने सन्दर्भमा मन्यालको उम्मेदवारीले प्रतिनिधिहरूमाझ चर्चा पाएको छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्