हेटौँडा – नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा वडा सभापतिहरूलाई सम्मान गरेको छ । शनिबार मनहरीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उनीहरूलाई सम्मान प्रदान गरेका हुन् । नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका तर्फबाट मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीसहित ६ जना वडाध्यक्ष तथा ९ वटै वडाका पार्टी सभापतिहरूलाई सम्मान गरिएको थियो। साथै नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई पनि विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका क्रममा पालिकास्तरीय नेता–कार्यकर्ताको भेलासमेत आयोजना गरिएको थियो। भेलामा पार्टीका गतिविधिबारे समीक्षा गर्दै आगामी महाधिवेशनलाई सफल बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रमकै अवसरमा विभिन्न पार्टी परित्याग गरी १० जना नेता–कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पार्टी बागमती प्रदेश सदस्य एवं पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, प्रदेश सदस्यहरू जानकी लामा, जानुका लामा, चम्फुरत्न लामा, नवराज उप्रेती, प्रदीप कोइराला, पार्टी जिल्ला सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति तथा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, महासमिति सदस्यहरू प्रभात दाहाल, राजेश भेटवाल, भरत लामा, लोकतान्त्रिक आदिवासी जनजाति संघका अध्यक्ष पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैबीच मुख्यमन्त्री बानियाँले मनहरीस्थित मनकामना मन्दिरको संरक्षण तथा पुनर्निर्माणका लागि मन्दिर व्यवस्थापन समितिलाई व्यक्तिगत रूपमा नगद ७५ हजार रुपैयाँ सहयोगसमेत गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्