Skip to content

२० प्रहरी आफूखुशी गैरहाजिर, सात दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर छन् । आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो । उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्