कैलाली – कैलालीको अत्तरिया बसपार्कमा अवस्थित दीप ज्योति स्पोर्ट हाउस नयाँ तथा आधुनिक सुविधासहित सञ्चालनमा आएको छ। दार्चुलाका युवा व्यवसायी सुन्दरसिंह विष्टद्वारा सञ्चालन गरिएको यस प्रतिष्ठानले खेलकुद सामग्री, पुस्तक तथा स्टेशनरीको एकीकृत सेवा प्रदान गर्दै होलसेल र खुद्रा दुवै मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउँदै आएको छ । दीप ज्योति स्पोर्ट हाउसमा क्रिकेट, फुटबल, भलिबल र ब्याडमिन्टनसँग सम्बन्धित सम्पूर्ण सामग्री उपलब्ध छन्। क्रिकेट ब्याट र बल, फुटबल तथा भलिबल, जाली, नेट, पम्प, फुटबल जुत्ता, ब्याडमिन्टन र्याकेट तथा कर्कका साथै परम्परागत बाजा मादल र बच्चाहरूका खेलौनाहरू पनि यहाँ सहजै पाइन्छन् ।
यसैगरी, पुस्तक पसलतर्फ लोकसेवा आयोग अन्तर्गत खरिदार, नासु, सुब्बा र अधिकृत तहका सम्पूर्ण तयारी पुस्तकहरू उपलब्ध छन्। प्रहरी, सैनिक, क्याप्सुल तथा बैंकिङसम्बन्धी पुस्तक, नेपाली शब्दकोश, आउट डिक्सनरी, कोरियन र जापानी भाषा सिकाइका पुस्तक, धार्मिक तथा साहित्यिक कृतिहरू तथा लोकप्रिय उपन्यास (नभेल) पनि यहाँ उपलब्ध गराइएको छ ।
स्टेशनरी सामग्री अन्तर्गत कापी, पेन्सिल, डट पेन, रजिस्टर, डायरी, स्पाइरल, कैची, टेपलगायत विद्यालय, अफिस तथा संस्थालाई आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी सामग्री उपलब्ध छन्। विशेष गरी अफिस, विद्यालय तथा विभिन्न संस्थाका लागि होलसेल सप्लाइको विशेष व्यवस्था गरिएको छ । युवा व्यवसायी विष्टले सुदूरपश्चिमका पहाडी जिल्लाहरूलाई केन्द्रमा राख्दै गुणस्तरीय सामान सहज पहुँच र उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो व्यवसाय सञ्चालनमा ल्याएको बताएका छन्। स्थानीय उत्पादन, खेलकुदको विकास र अध्ययन–अध्यापनलाई सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिएको छ । गुणस्तर, विश्वास र सेवाको प्रतिबद्धतासहित दीप ज्योति स्पोर्ट हाउस अत्तरिया क्षेत्रको भरपर्दो सप्लायरका रूपमा स्थापित हुँदै गएको छ ।
थप जानकारी तथा अर्डरका लागि
सम्पर्क नम्बर: ०९१–५९१९४०, ९८४८८२१९०३





प्रतिक्रिया दिनुहोस्