काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवाल एमाले प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।
उनी सेयर कारोबारी हुन् । अग्रवाल ठगी आरोपमा पक्राउ परी हाजिर जमानीमा छुटेका थिए । सेयरमा लगानी गर्ने विषयमा ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको थियो । पीडितलाई सेयर दिने भन्दै रकम लिएको तर नदिलाएको आरोप अग्रवालमाथि छ । उनीमाथि गोल्डम्यान इन्भेष्टमेन्टको नाममा लगानीकर्ताहरूलाई ठगी गरेको आरोपमा अनुसन्धान भएको थियो । उनी क्लब हाउस लगायतका सामाजिक सञ्जालमार्फत् निश्चित कम्पनीको सेयर किनबेच गर्न प्रोत्साहित गर्थे । यसअघि पनि आफूले बेचेको सेयर आफै किनबेच गर्ने गरेकोसमेत उनलाई आरोप लागेको थियो । साउन ५ गते पक्राउ परेका उनी साउन १५ गते हाजिर जमानीमा छुटेका थिए ।





प्रतिक्रिया दिनुहोस्