काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि माघ २८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरमा ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर निष्काशन गर्नेछ । यसमध्ये २८ हजार ४४० कित्ता कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बन्द हुनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम संकेत गर्छ । कम्पनीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसबाट २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत सि–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।





प्रतिक्रिया दिनुहोस्