काठमाडौं – कफी पारखीहरूका लागि नयाँ स्वाद थप्दै आएको स्टार बोस कफीले विभिन्न वित्तीय संस्थासँगको सहकार्यमार्फत आफ्नो सेवा र पहुँचलाई निरन्तर विस्तार गर्दै लगेको छ । छोटो समयमै कफी पारखीहरूको रोजाइमा पर्न सफल स्टार बोस कफीले शाखा विस्तारलाई तीव्रता दिँदै मञ्जुश्री फाइनान्ससँग नयाँ सहमति गरेको छ। सम्झौताअनुसार अब मञ्जुश्री फाइनान्सका कर्मचारीहरूले २० प्रतिशत र सदस्यहरूले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यसअघि स्टार बोस कफीले नबिल बैंकसँग पनि सहकार्य गरेको थियो । सो सम्झौताअनुसार नबिल बैंकका कर्मचारीहरूले २० प्रतिशत र बैंकका ग्राहकहरूले १० प्रतिशत छुट पाउँदै आएका छन् । व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको स्टार बोस कफीले प्रत्येक एक कप कफी बिक्रीबाट १ रुपैयाँ गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षाका लागि सहयोग गर्दै आएको छ । स्टार बोस कफीका सञ्चालक श्रीकृष्ण श्रेष्ठका अनुसार कम्पनीले यसलाई केवल व्यापारको रूपमा मात्र नभई नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने अभियानका रूपमा अघि बढाएको छ। “नेपाली कफीलाई सडकदेखि महलसम्म सबैको जिब्रोमा पुर्याउने हाम्रो लक्ष्य हो,” उनले भने । साथै रोजगारी सिर्जना गर्दै कफी क्षेत्रमै केन्द्रित भएर समूह अगाडि बढिरहेको पनि उनले बताए । दरबारमार्गबाट सुरु भएको स्टार बोस कफी हाल अनामनगर, तीनकुने, इमाडोल, नयाँ बानेश्वर र कमलादीमा विस्तार हुने तयारीमा छ। आगामी दिनमा नेपालभर सयभन्दा बढी आउटलेटमार्फत सेवा विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्