Skip to content

सपना प्रधान मल्ल आजदेखि कामु प्रधानन्यायाधीश !

काठमाडौं औ सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन्। प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि बरिष्ठतम न्यायाधीशका रूपमा मल्लले जिम्मेवारी सम्हालेकी हुन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुँदा बरिष्ठतम न्यायाधीश स्वतः कामु प्रमुख बन्ने व्यवस्था छ  ।  नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद र संसदीय सुनुवाइ प्रक्रिया पूरा हुनुपर्ने भएकाले कम्तीमा एक महिना लाग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्