काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। यसअघि हिजो (मंगलबार) पनि बढेर कारोबार भएको सुनको मूल्यले आज पनि उकालो यात्रा तय गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै आज बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ ।
यसअघि हिजो हिजो बजारमा सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ कायम भएको छ । यसअघि हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम ४ हजार १५४ रुपैयाँमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्