काठमाडौं – नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल प्रा.लि. बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले ललितपुरको B & B Hospital मा उपचार सेवा लिँदा अस्पतालले तोकेको विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । उक्त छुट नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा लागू हुने जनाइएको छ ।
सम्झौतापत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र अस्पतालका प्रशासन प्रमुख प्रकाश कुमार भट्टराई ले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार यस सम्झौताबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधि र युवा जनशक्तिमार्फत छिटोछरितो तथा गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको उल्लेख गरेको छ ।





प्रतिक्रिया दिनुहोस्