काठमाडौं – चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनल स्थान बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविन मालानको अविजित ७१ रन मद्दतमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमले अब उपाधिका लागि लुम्बिनी लायन्ससँग आउने शनिबार खेल्नेछ



प्रतिक्रिया दिनुहोस्