Skip to content

सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स लगातार दास्रो पटक एनपीएलको फाइनलमा

Nepal Bank

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको छ ।

मगंलबार भएको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले दिएको १०५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । लुम्बिनीका निरोशन डिकवेलाले ३७ बलमा ३ छक्का र ७ चौकासहित अविजित ५९ रनसहित अर्धशतकीय पारी खेले ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्