काठमाडौं — नेपाल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत देशभर सञ्चालित २५ वटा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेमा विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन् । यस व्यवस्था अनुसार सेवा उपयोग गर्दा बिल रकममा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। छुट सुविधा सातै प्रदेशमा रहेका सिद्धार्थ ग्रुपका होटल तथा आतिथ्य सेवा केन्द्रहरूमा लागू हुने जनाइएको छ । सम्झौता २०८३ जेठ २८ गते सम्पन्न भएको हो। सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि प्रा.लि.का तर्फबाट व्यवसाय प्रबन्ध निर्देशक दुर्गा दत्त पन्तले हस्ताक्षर गरेका थिए ।
नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधि, ग्राहक सेवामा सुधार तथा युवा जनशक्तिको परिचालनमार्फत सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्