काठमाडौं – जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ । शैक्षिक पदतर्फ इमर्जेन्सी मेडिसिनमा एमडीजीपी, रेडियोलोजीमा एमडी, मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएस्सी, बायोकेमेस्ट्री र फिजियोलोजीमा एमडी गरेका उम्मेदवारलाई अवसर खुलाइएको छ । सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।स्टाफ नर्स पदका लागि नर्सिङमा बीएस्सी वा पीसीएल उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । मिडवाइफरी तथा आईसीयूमा तालिम प्राप्त र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
कलेजले आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकेको छ । उम्मेदवारलाई आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता, आवश्यक कागजात र सूचनामा उल्लेख गरिएका सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ । यस अवसरले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, प्राविधिक तथा प्रशासनिक क्षेत्रमा काम गर्न इच्छुक योग्य जनशक्तिलाई नेपाल मेडिकल कलेजसँग आबद्ध हुने अवसर प्रदान गर्नेछ । कलेजले झन्डै तीन दशकदेखि नेपालकाे चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा अनवतरत याेगदान पुर्याउँदै आइरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्