काठमाडौं – दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु प्लेसिस आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। विराटनगरले शुक्रबार सामाजिक सञ्जालमार्फत उनको अनुबन्धको जानकारी दिएको हो। फाफले टी–२० क्रिकेटमा ४२४ खेलमा ११ हजार ९०६ रन र २११ क्याच लिएका छन्। उनले आईपीएल, सीपीएल, बिग ब्यास, पीएसएललगायत विश्वका प्रमुख लिगहरूमा खेलिसकेका छन्।
निर्देशक दीपेन्द्र चौधरीका अनुसार फाफको आगमनले विराटनगर किङ्स र एनपीएल दुवैको प्रतिष्ठा बढ्नेछ। विराटनगरले यसअघि विदेशी खेलाडीका रूपमा जर्ज मन्से र साम हिजलेटलाई अनुबन्ध गरिसकेको छ। एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ।



प्रतिक्रिया दिनुहोस्