काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले कम्तीमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने प्रारम्भिक प्रस्ताव तयार पारेको छ। खाकाअनुसार म्यादी प्रहरी तालिम, पारिश्रमिक, भत्ता र पोसाकमा करिब ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सुरक्षा रणनीति गत आमनिर्वाचन(२०७९) को व्यवस्थालाई आधारमानेर तयार गरिएको प्रहरीको भनाइ छ।
निर्वाचन सुरक्षा समन्वयका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको संयुक्त कार्यदल गठन भइसकेको छ भने गृह मन्त्रालयले पनि छुट्टै कार्यदल बनाएको छ। सुरक्षा निकायहरू देशभर संयुक्त गस्ती सुरु गरिसकेका छन्। तीनै निकायमा हाल करिब ४ लाख १७ हजार सुरक्षाकर्मी कार्यरत रहेका छन् । सेनामा करिब १ लाख, प्रहरीमा ८० हजार र सशस्त्रमा ३७ हजार — र विगतमा ८० प्रतिशतभन्दा बढी जनशक्ति निर्वाचन सुरक्षामा खटिनु गरेकोले थप म्यादी प्रहरीको आवश्यकता देखिएको छ।
प्रशासनले विगतका हिंसा तथा तोडफोड (२४ भदौका घटनाहरू) र हतियार तथा कैदीबन्दीहरुको क्षतिलाई ध्यानमा राखेर व्यापक तयारी गर्न लागेको बताइएको छ। प्रस्तावित म्यादी प्रहरी ४० दिन आसपासको अवधिका लागि तालिम र परिचालन गरिने योजना छ।

प्रतिक्रिया दिनुहोस्