Skip to content

नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित

काठमाडौँ – नेपाल पत्रकार महासंघ, जापानको अध्यक्षमा रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् । जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।
जम्मा ८६ जना सदस्य रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरेका थिए। श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् ।
यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई ,महिला उपाध्यक्षमा लक्ष्मी पौडेल ,सचिवमा अर्जुल लामिछाने विजयी भएका छन् । नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्