Skip to content

चर्चित क्रिकेट विश्लेषक आकाश चोप्रा ३ डिसेम्बरमा नेपाल आउँदै, ४ तारिखदेखि NPL कमेन्ट्रीमा सक्रिय हुने

काठमाडौँ – भारतीय क्रिकेट विश्लेषक तथा चर्चित कमेन्टेटर आकाश चोप्रा आगामी डिसेम्बर ३ गते नेपाल आइपुग्ने भएका छन्। उनले डिसेम्बर ४ देखि नेपाल प्रिमियर लिग (NPL) का खेलहरूमा प्रत्यक्ष रूपमा कमेन्ट्री गर्ने जानकारी ट्वीटमार्फत सार्वजनिक गरेका हुन्। नेपाली क्रिकेट फ्यान धर्मानन्द जोशीले ट्विटर (X) मार्फत “तपाईँ कहिले NPL मा आउँदै हुनुहुन्छ?” भनेर सोधेको प्रश्नलाई रि-ट्वीट गर्दै चोप्राले “Traveling to Nepal on the 3rd. In action from 4th December. Can’t wait” भन्दै उत्साह व्यक्त गरेका छन्।

उनको आगमनसँगै NPL को प्रसारण गुणस्तर तथा अन्तर्राष्ट्रिय आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ। चोप्राको कमेन्ट्री शैली, विश्लेषण क्षमता र विशिष्ट प्रस्तुतिलाई नेपाली क्रिकेट फ्यानहरूले पहिलेदेखि नै रुचाउँदै आएका छन्। NPL आयोजकहरूले पनि चोप्राको सहभागिता लिगका लागि ठूलो पुँजीका रूपमा लिएको बताउँदै प्रतियोगिता अझ रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन्। आकाश चोप्राको उपस्थितिसँगै यस वर्षको NPL मा नयाँ ऊर्जा, नयाँ रोमान्स र टिप्पणीको तिखोपन आउँनेछ।

प्रतिक्रिया दिनुहोस्