काठमाडौँ – अस्ट्रेलियन ब्याटर डार्सी सर्टको उत्कृष्ट अर्धशतकीय प्रदर्शनमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई सहजै हराएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको खेलमा लुम्बिनी लायन्स ५ विकेटले विजयी भएको हो । लुम्बिनीको जितमा सर्टले ४४ बलमा ५७ रन बनाए। जारी एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । सन्दीप लामिछानेको बलमा लोकेश बमद्वारा क्याच आउट हुनुअघि उनले २ छक्का र ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।




प्रतिक्रिया दिनुहोस्